Monday, May 25, 2009

विश्वासको लौरो

जीवन यो मेरो गएन खेर
पाउनलाई साथी भएन बेर
दुःखमा होस् या सुखमा साथ दिने
परी आएमा कविता लेखिदिने
नामै त मिल्नु संयोग थियो
सोचाई नै मिल्नु चमत्कार भयो
हेर्दामा चिन्न गाह्रो पर्यो
ढुङ्गा खोज्दा देउता मिल्यो
दुश्मनको हात कैल्यै नपरोस्
साथीको नाता कैल्यै नटुटोस्
बगेको खोला फर्केर आउँदैन
साथीको विश्वास किनेर पाइँदैन
विश्वासको लौरो टेकेर बस्छु
त्यो लौरो भाँच्न कोशिसै नगर्नू ।